सार्क फिल्म फेस्टिभलमा स्वस्तिमालाई वेष्ट पफर्मर जुरी अवार्ड
चितवन, असार २४ – श्रीलंकामा सम्पन्न ‘दी सार्क फिल्म फेस्टिभल-२०१९’ मा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड जितेकी छिन् । स्वस्तिमाले गत बर्षको फाल्गुन ३ गते प्रदर्शन भएको चलचित्र ‘बुलबुल’ बाट ‘वेष्ट पफर्मर जुरी अवार्ड-२०१९’ जितेकी हुन्।
उक्त फेस्टिभलमा ‘बुलबुल’ सँगै ‘प्रसाद’ र ‘हरि’ ले पनि नेपालबाट प्रतिनिधित्व गरेका थिए । अवार्ड जितेपछी सामाजिक सन्जाल फेसबुकमा स्वस्तिमाले उक्त अवार्ड आफ्नो टिमलाई समर्पित गरिन् । यस्तै उनले उक्त अवार्ड सम्पूर्ण नेपालीलाई समर्पित गरिन् ।
सार्क फिल्म फेस्टिभलमा स्वस्तिमाले पाएको यो अवार्ड नै उनले करियरमा पाएको पहिलो अवार्ड हो । उनले पहिलो अवार्ड नै अन्तराष्ट्रिय अवार्ड पाउदा निकै खुशी लागेको बताईन् ।
यसअघि ‘सार्क फिल्म फेस्टिभल-२०१४’ मा अभिनेत्री गरिमा पन्तले ‘झोला’ बाट गरिमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । बिनोद पौडेलको डेब्यु निर्देशन रहेको ‘बुलबुल’ ले व्यवसायिक रुपमा ठुलो सफलता नपाए पनि समिक्षकबाट राम्रो प्रतिकृया पाएको थियो । ‘बुलबुल’ मा स्वस्तिमा टेम्पो चालकको भूमिकामा रहेकी थिईन् । चलचित्रमा मुकुन भुषाल,जोयस पाण्डे, लक्ष्मी बर्देवा आदीको पनि मुख्य अभिनय रहेको छ ।
तपाइँको प्रतिक्रिया