बार्यनबाट ग्रिजम्यान विश्वको उत्कृष्ट खेलाडी बन्न सक्छन् – लुकास हर्नान्डेज

असार २३ – फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यान भित्र्याउन बार्सिलोनाले कसरत गरिरहेको छ । २८ बर्षिय खेलाडी ग्रिजम्यानलाई धेरै क्लबहरुले भित्र्याउन खोजे पनि उनी बार्सिलोना जाने सम्भावना अत्याधिक रहेको छ ।
ग्रिजम्यान आँफैले पनि एथ्लेटिको मड्रिड छोडेर नयाँ क्लबमा खेल्ने उद्घोष गरिसकेका छन् । यस्तोमा उनी बार्सिलोना जाने सम्भावना धेरै रहेको छ । अहिले दुबै क्लब र ग्रिजम्यान बिच छलफल जारी रहेको छ । तर ग्रिजम्यानको राष्ट्रिय टिमका सहकर्मी खेलाडी लुकास हर्नान्डेजले भने उनी बार्यन म्युनिख आए विश्वकै उत्कृष्ट खेलाडी बन्ने बताएका छन् ।
हालै मात्र बार्यनमा अनुबन्ध भएका लुकासले ग्रिजम्यानको लागि बार्यन उत्कृष्ट टिम भएको र त्यहा उनी विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्ने बताएका हुन् । संचारकर्मीहरु सँग उनले भने – ‘ग्रिजम्यान उत्कृष्ट खेलाडी हुन् र उनलाई धेरै क्लबहरुले भित्र्याउन खोज्छन् । उनी बार्यनमा आए म निकै खुशी हुनेछु यद्दपी मलाई छैन क्लबको इच्छा के छ ।’
‘मलाई थाहा छैन बार्सिलोना उनको लागि उपयुक्त छ कि छैन तर उनी सँग अवसर भए म बार्यन आउन सल्लाह दिन्छु, यहाँ उनी विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्छन् – उनले भने ।’ उनले ग्रिजम्यानको लागि बार्यन उपयुक्त क्लब भएको बताए ।
तपाइँको प्रतिक्रिया