नेयमार यसै हप्ता बार्सिलोना जाँदै

असार २३ – बार्सिलोनाका पुर्व स्टार खेलाडी नेयमार अहिले चोटका कारण मैदान बाहिर रहेका छन् । आजै मात्र ब्राजिलले कोपा अमेरिका जित्दा उनी टिम बाहिर रहेका थिए । चोटका कारण उनी टिममा थिएनन् ।
कोपा अमेरिका सकिए पछी उनी पेरिस फर्कने आशा गरिएको थियो । तर उनी पेरिस नफर्की बार्सिलोना जाने भएका छन् । स्रोतका अनुसार नेयमार यसै हप्ता बार्सिलोना जाने भएका छन् । बार्सिलोनाका पुर्व फर्वार्ड फेरी क्लबमा फर्कने चर्चा चलिरहेको बेला उनी बार्सिलोना शहर जान लागेका हुन् ।
उनी बिशेष गरी मुख्य दुई कामका लागि बार्सिलोना जान लागेका हुन् । स्थानिय संचारमाध्यमका अनुसार नेयमार बार्सिलोनामा पुनरागमनको बिषय चाडो टुङ्गाउन त्यहा जान लागेका हुन् । उनी बार्सिलोना फर्कन चाहन्छन् र त्यो सम्झौता जती सक्दो चाडो भन्ने सोचमा रहेका छन् ।
यस्तै नेयमार बार्सिलोनामा बस्ने घर खोज्नका लागि पनि त्यहा जान लागिएको बताईएको छ । क्लबमा फर्कने भए पछी उनले त्यहाँ नयाँ घरको खोजी गर्नेछन् । नेयमारले मेस्सी बस्ने घर आपपास नै आफ्नो लागि पनि घर खोज्ने बताईएको छ ।
तपाइँको प्रतिक्रिया