८५ देशलाई पछी पार्दै गैंडाकोटको अक्सफोर्ड कलेजले पायो अन्तर्रा्ष्ट्रिय अवार्ड

चितवन, असार २३ – अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ म्यानेजमेन्ट गैंँडाकोटले स्वीजरल्याण्डमा रहेको युरोपियन सोसाईटी फर क्वालिटीले प्रदान गर्ने अन्तर्रा्ष्ट्रिय अवार्ड(स्वर्ण पदक) प्राप्त गरेको छ । जर्मनीको राजधानी बर्लीनमा जुलाई ६ र ७ मा भएको अन्तराष्ट्रिय सम्मेलनमा विश्वका ८५ देशलाई पछी पार्दै अक्सफोर्ड अन्तर्रा्ष्ट्रिय प्राप्त गरेको हो ।
शैक्षिक गुणस्तर,व्यवस्थापन, नेतृत्वदायी भुमिका र अनुसन्धानमा पु¥याएको योगदानको आधारमा कलेजलाई ‘क्वालिटी च्वाईस प्राइज २०१९’ को अवार्ड प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै कलेजका प्रिन्सील हरि भण्डारीले नेपाललाई सगरमाथाको देश, गौतमबुद्वको देश र प्रकृतिले भरिपूर्ण भनेर देशको बारेमा विदेशी समुदाय माझ नेपालको प्रचारप्रसार गरेको कलेजले जनाएको छ । यसअघि फ्रान्सको पेरिसमा सम्पन्न भव्य समारोहका बीच विश्वका ११८ राष्ट्रलाई पछि पारेर विश्वमै उत्कृष्ट हुँदै ‘इन्टरनेशनल स्टार फर लिडरसिप इन क्वालिटी–२०१८ को स्वर्णपदक प्राप्त गर्न सफल भएको थियो ।
विसं २०५७ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई कम्युटर साइन्स शुरु गरेको अक्सफोर्ड कलेजले विभिन्न तहका कक्षा सञ्चालन गरी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। पोखरा विश्वविद्यालयले प्रदान गरेको आठवटा स्वर्ण पदक मध्य ६ वटा पदक अक्सफोर्ड कलेजको नाममा रहेको छ ।
तपाइँको प्रतिक्रिया