तरकारी काण्ड : सरकार बिरुद्द संयुक्त विद्यार्थी संगठन चितवनद्वारा बिरोध कार्यक्रम घोषणा

चितवन, असार २३ – भारतबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नबाट पछि हटेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ। सरकारले भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने निती ल्याएता पनि भारतको दबाब पछी सरकार पछी हटेको हो ।
भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गर्यो । तर सरकारले भने विषादी परीक्षणका लागि आवश्यक तयारी नपुगेकोले स्थगितको गरिएको भन्दै टार्न खोजेको छ ।
यसै बिच भारतबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नबाट पछि हटेर सरकारले जनताको स्वास्थ्य सँग खेलवाड गरेको भन्दै संयुक्त विद्यार्थी संगठन चितवनले बिरोध कार्यक्रम घोषणा गरेको छ । आफ्नो निर्णयबाट पछी हटेर सरकार लम्पसार परेको भन्दै नेपाल विद्यार्थी संघ चितवन, अखिल क्रान्तिकारी चितवन, नयाशक्ती विद्यार्थी युनियन चितवन र समाजबादी विद्यार्थी फोरम चितवनले संयुक्त रुपमा बिरोध कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार आज सोमबार चारै वटा विद्यार्थी संगठनले संयुक्त रुपमा बिज्ञप्ती जारी गरेको नयाशक्ती विद्यार्थी युनियन चितवनका प्रदेश ३ का सह इन्चार्ज बिनोद शर्मा पौडेलले जानकारी दिए । यस्तै २४ गते मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने र सोही दिन इकाईले संयुक्त बिज्ञप्ती जारी गर्ने नेवी संघ बिरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष अनमोल अधिकारीले बताए ।
असार २५ गते बुधवार आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नितीबाट पछी हट्ने सरकारको निर्णय बिरुद्द सांकेतिक बिरोध गरिने उनले बताए । यस्तै २५ गते बिहीवार भारतीय नम्बर प्लेटको सवारी साधनलाई चितवन जिल्लाभर निषेध गरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ । अन्तिम दिन २७ गते सरकारको निर्णयको बिरुद्दमा बिशाल प्रदर्शन गरिने बताईएको छ ।
संयुक्त विद्यार्थी संगठन चितवनद्वारा जारी बिज्ञप्ती :
तपाइँको प्रतिक्रिया