११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

चितवन, असार २३ – ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताका लागि चितवनमा छनोट खेल शुरु भएको छ । छनोटका लागि चितवनका बिभिन्न ६ वटा स्थानीय तहबाट खेलाडीहरुमा सहभागीता जनाएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, कवड्डी, भलिवल, तेकवान्दो, उसु र कराँते विधामा पाँच सय जना खेलाडीहरुको सहभागीता रहेको छ । पहिलो दिन आज एथ्लेटिक्स र भलिबलका खेलहरु सम्पन्न भएका छन् । गेष्ट हाउस चौरमा हुने भनिएको खेलहरु बर्षाको कारण कभर्ड हलमा खेलाईएको थियो ।
एथ्लेटिक्सको तर्फको खेल भने गेष्ट हाउस चौरमा नै खेलाईएको थियो । ५ सय भन्दा धेरै खेलाडीहरु सहभागी भएको प्रतियोगिताबाट सबै खेलका गरी ७९ जना खेलाडी छनोट गरिनेछ । छनोट भएका खेलाडीहरुले यहि असार २६ र २७ गते काठमाडौंमा हुने प्रदेश स्तरीय प्रतियोगिताका सहभागीता जनाउनेछन् ।
दुई दिन सम्म चल्ने छनोट प्रतियोगिताको प्रदेश नम्वर तीनका प्रदेश सभा सदस्य घनश्याम दाहालले एक कार्यक्रमका विच उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै दाहालले खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउन सकिने बताए । उनले खेल क्षेत्रको बिकास गर्न सके राष्ट्रकै विकासमा ठुलो टेवा पुग्ने बताए । यस्तै उनले छनोट प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगा लामा लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोेटीको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया