८५ केजी गाँजा सहित ३० वर्षीय युवक पक्राउ

मकवानपुर, २३ असार – अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेको छ । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट चितवन ईच्छाकामना गाउँपालिका-७ बस्ने ३० वर्षीय गणेश थापालाई प्रहरीले करिब ८५ केजी ६ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.१२ च ८५५६ नम्बरको कार जाँच गर्ने क्रममा कारको डिक्किमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी चालक थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया