द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला

सुर्खेत,
सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटोको एक मिटर छेउमा ढुङ्गामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा फेला पारेको थियो ।पोकामा बम बनाउन प्रयोग हुने सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टीफ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । फेला परेका सबै विष्फोटक पदार्थको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको उनले बताए ।
त्यसैगरी, प्रहरीले आइतबार नै १४५ लिटर अवैध मह बरामद गरेको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी ४२ वर्षीय लक्ष्मी विक र १८ वर्षीय सुरेन्द्र सुनारले खाद्य पदार्थमा फिट्कीरी जस्तो अखाद्यवस्तु मिसाइ लुकाइछिपाई राखेको अवस्थामा मह बरामद गरेको हो ।
बरामद गरिएको १४५ लिटर अवैध महसहित विक र सुनार दुवैलाई आवश्यक कारवाहीका लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जानकारी दिएको छ । (रासस)
तपाइँको प्रतिक्रिया