अमेरिका बन्यो महिला विश्व च्याम्पियन

असार २३ – अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि हात पारेको छ । महिला विश्वकप अन्तर्गत फाइनल खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अमेरिकाले विश्व च्याम्पियन बनेको हो । यो सँगै अमेरिकाको चौथो पटक महिला विश्वकपको उपाधी जितेको छ । यसअघि सन् १९९१, १९९९ र २०१५ मा अमेरिका विश्व च्याम्पियन बनेको थियो ।
अमेरिकाको जितमा मेगन रापिनो र रोस लाभेले गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुबै टिमले गोल गर्ने केही अवसर सदुपायोग गर्न सकेनन् ।
दोस्रो हाफमा भने अमेरिकाले २ गोल गर्यो । खेलको ६१ औं मिनेटमा मेगन रापिनोले पेनाल्टीमार्फत गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन् । लगत्तै ६९ औं मिनेटमा रोस लाभेल गोल गरेपछी अमेरिका २-० ले बिजयी हुँदै विश्व च्याम्पियन भयो । एजेन्सी
तपाइँको प्रतिक्रिया