१२ बर्षे लामो उपाधी खडेरी टार्दै ब्राजिल बन्यो कोपा अमेरिका च्याम्पियन

असार २३ – पेरुलाई पराजित गर्दै ब्राजिलले नवौं पटक कोपा अमेरिका फुटबलको उपाधी जितेको छ । सोमबार बिहान घरेलु मैदानमा भएको खेलमा घरेलु टोली ब्राजिलले पेरुको चुनौती ३-१ ले पाखा लगाउदै उपाधी जितेको हो । यो सँगै ब्राजिलले १२ बर्ष देखीको उपाधी खडेरी पनि टारेको छ ।
ब्राजिलको जितमा फरवार्ड ग्याब्रीएल जेसस,एभरटन सोआरेस र रिचारलीसनले गोल गरे । पाहुना टोलीका लागि पाओलो गुरेरोले गोल गरे । ब्राजिलले खेलको १५ औं मिनेटमा नै गोल गर्दै अग्रता बनायो । उसका लागि एभरटन सोआरेसको गोल गरे । तर पेरुले पहिलो हाफमा नै बराबरी गर्यो । पहिलो हाफ सकिन १ मिनेट बाँकी रहदा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको एक मिनेट पनि बित्न नपाउदै ब्राजिलले फेरी अग्रता लियो । आर्थरको पासमा ग्याब्रीएल जेससले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।
पहिलो हाफमा २-१ को अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा थप १ गोल गर्यो । त्यस अघी खेलको ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा सिमित भयो । खेलको अन्त्य तिर रिचारलीसनले पेनाल्टीमा गोल गरेपछी ब्राजिल ३-१ ले हुँदै कोपा अमेरिका च्याम्पियन बन्न सफल भयो । एजेन्सी
तपाइँको प्रतिक्रिया