जस्मिन पेन्ट्सले वर्ल्ड कप क्रिकेट मेनिया गर्दै

चितवन, असार २२ – ‘जस्मिन पेन्ट्सको परिकल्पना अर्को विश्वकपमा नेपाललाई हेर्ने चाहना’ भन्ने उद्देश्यका साथ जस्मिन पेन्ट्स प्रा.लि. ले एक हप्ते ‘जस्मिन पेन्ट्स वर्ल्ड कप क्रिकेट मेनिया २०१९’ आयोजना गर्ने भएको छ । जस्मिन पेन्ट्सले आइतबार एक विज्ञप्ती जारी गर्दै उक्त कार्यक्रम बारे जानकारी दिएको छ ।
२०१९ को विश्वकप क्रिकेट र नेपाली राष्ट्रिय क्रिकेट टोलीको विश्वकप छनोट यात्रालाई शुभकामना दिनको लागि उक्त कार्यक्रम गर्न लागिएको जस्मिन पेन्ट्सका निर्देशक मधुसुदन अर्यालले जानकारी दिए । उक्त कायक्रम अन्तर्गत ‘फेसबुक क्विज, पोज गेस एण्ड विन तथा लाइभ क्रिकेट क्विज आदी गरिने बताईएको छ ।
पोज एण्ड विनका लागि चितवन र नवलपुरका बिभिन्न कलेजमा गई फोटोसुट गरिनेछ । यस्तै अपरान्ह ४ बजे नारायणी नदी किनार नारायणगढमा फोटो क्याम्पेन गरिनेछ । यो कार्यक्रम असार २३ गते शुरु भई असार २९ गते विश्वकप क्रिकेटको फाइनल दिन समाप्त हुनेछ । यस्तै फेसबुक क्विज जस्मिन पेन्ट्सको फेसबुक पेज मार्फत भईरहेको र लाइभ क्रिकेट क्विज विश्वकप क्रिकेटको फाइनलको दिन हुने बताईएको छ ।यस कार्यक्रमका सहभागी तथा बिजेताहरुलाई बिभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रमका लागि राष्ट्रिय क्रिकेट खेलाडी तथा एनआइएस प्रशिक्षक अनिल अधिकारीलाई क्याम्पेन प्रमोटरको रुपमा राखिएको छ । चितवनमा रहेको क्रिकेटको लोकप्रियतालाई कायम राख्दै जिल्लामा निर्माण शुरु भएको राष्ट्रकै पहिलो अन्तराष्ट्रिय क्रिकेट रगंशालाको आवश्यकतालाई जोड दिन यो कार्यक्रम गर्न लागिएको अधिकारीले बताए ।
बिगत २५ बर्ष देखी सेवा दिदै आईरहेको जस्मिन पेन्ट्सले खेल क्षेत्रको बिकास र संरक्षणका गर्दै खेलाडीहरुलाई हौसला प्रदान गर्नका लागि लामो समय देखी बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । आगामी दिनमा पनि खेल क्षेत्रको बिकासको लागि आवश्यकता अनुसार कार्यक्रम आयोजना गर्ने जस्मिन पेन्ट्सका निर्देशक अर्याले प्रतिबद्दता गरे ।
तपाइँको प्रतिक्रिया