गोन्द्राङमा रहेको ढाँटलाई लोथरमा सार्न : सांसद पोखरेलको माग

चितवन, असार २२ – नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति कृष्णभक्त पोखरेलले चितवनको गोन्द्राङमा रहेको ढाटलाई लोथरमा सार्न माग गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पोखरेलले यस्तो माग गरेका हुन । चितवनका बासिन्दाले आफ्नै जिल्लामा हिँड्न पनि कर तिर्नु पर्ने अवस्था दुःखद भएकाले उक्त ढाटलाई चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा सार्न उनले संसदमा माग गरेका हुन । उनले सकेसम्म राजमार्ग क्षेत्रमा सडक दस्तुर नउठाई त्यसको विकल्प खोज्न समेत माग गरेका छन् ।
तपाइँको प्रतिक्रिया