मोटरसाइकललाई साइड दिँदा स्कुल बस चिप्लिएर नहरमा खस्यो

विराटनगर, असार २२ – जेभियर्स बोर्डिङ स्कुलको बस नहरमा खस्दा दुई शिक्षिका र एक विद्यार्थी घाइते भएका छन् । उक्त बस मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकनजिकै नहरमा खसेको हो ।
दुर्घटनामा को १ ख १९८२ नम्बरको बसमा सवार दुई शिक्षिका र एक विद्यार्थी घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बस विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिने क्रममा चिप्लिएर नहरमा खसेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।
उनका अनुसार दुर्घटनामा सोही विद्यालयकी शिक्षिका बुढीगंगा–३ की २२ वर्षीया सम्झना अधिकारी, २४ वर्षीया रिविसा घिमिरे र कक्षा ३ की ८ वर्षीया बालिका सुरक्षा पौडेल घाइते भएका छन्। घाइते सबैको विराट टिचिङ अस्तालमा उपचार भइरहेको छ।
उक्त घटना घटेपछि विद्यालय बिदा दिइएको छ । बसमा एक चालक, दुई शिक्षिका र १६ जना विद्यार्थी गरेर १९ जना सवार रहेको डीएसपी श्रेष्ठले बताए । बस र चालक बुढीगंगा–१ का ५२ वर्षीय बलराम खतिवडालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।
तपाइँको प्रतिक्रिया