भरतपुर अस्पतालको दुरावस्था ः विरामी बढी , बिशेषज्ञ कम

सूर्यप्रसाद अधिकारी असार २२, चितवन । गत माघदेखि केन्द्रीय अस्पतालको मान्यता पाएको भरतपुर अस्पतालमा उपचार गर्ने बिरामीको तुलनामा तीन गुणा कम विशेषज्ञ, प्राविधिक रहेको पाईएको छ।
दैनिक आउने विरामीको चापसंँगै जनशक्ति एवं पूर्वाधारको अभावका कारण यो समस्या देखिएको हो ।
अस्पतालमा विभिन्न रोगको उपचारका २० वटा भन्दा बढी विभाग रहेपनि जनशक्तिको अभावमा प्रत्येक विभागमा दैनिक भीड बढ्ने गरेको छ ।
अस्पतालका अध्यक्ष खेम भण्डारी सरकारले पूर्वाधर तथा सेवासुविधा नथपी केन्द्रीय अस्पतालको मान्यता दिंँदा झन समस्या थपिएको बताउंनुहुन्छ । ‘हरेक कामको लागि केन्द्रको मुख ताक्नुपर्ने अवस्था हुन्छ, उहांँले भन्नुभयो , मुख्य कुरा अस्पतालको स्तरोन्नतिको लागि बजेट नै प्रमुख कुरा हो ।’ बारम्बार स्थानीय नेता, केन्द्र सरकारसंँग डेलिगेशन, प्रस्तावना लगेपनि मन्त्रालयबाट केही काम नभएको उहांँले बताउनु भयो । सरकारले देशभरीका ‘अस्पतालमध्ये ५ वटा अस्पताललाई केन्द्रीयस्तरको मान्यता दियो , पूर्वाधार र सेवासुविधा भने पहिलेकै छ ’। उहांँले भन्नुभयो ।
अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्रीराम तिवारी यस अस्पतालमा विशिष्टीकृत सेवामा सुधार गर्न नसक्दा चुनौति थपिएको बताउंँनुहुन्छ । ‘एकत वीमित बिरामी र ओपिडका बिरामीको चाप बढ्दो छ, यसको तुलनामा ३ गुणाभन्दा कम बिशेषज्ञ जनशक्तिले धानिनुपरेको छ,।’ अस्पतालप्रति बिरामीको आर्कषण र विश्वास बढेपनि चाहेअनुसार सेवासुविधा दिन नसकिएको उहांँले बताउनु भयो । ‘मुटु, मृगौला, न्युरोजस्ता बिशिष्टीकृत सेवामा विरामीको फ्लो बढी छ ,उहांँले भन्नुभयो , त्यसैमा जनशक्ति र उपकरण छैनन ।’ उहांँका अनुसार जनशक्तिको अभावका साथै ल्याब, सीटी स्क्यान, न्युरो ,आइसीयु कक्षमा उपकरणको अभाव रहेको छ । जसका कारण विशिष्टीकृत सेवा लिने विरामीहरुले पालोमा बस्नुपर्ने र शल्यक्रियाका विरामीले महिनौं पर्खनुपर्ने अवस्था रहेको छ । अस्पतालको सीमित स्रोत साधनले मात्रै व्यवस्थापन गर्न मुश्किल रहेको उहांँको भनाई छ । हाल अस्पतालमा कुल ६०० वटा शैया भएपनि जनशक्ति जम्मा ४०० जनाको हाराहारीमा रहेको उहांँले बताउनु भयो ।
अस्पतालमा सबै विभागमा गरी दुई हजारको संख्यामा जनशक्तिको आवश्यकता रहेको सूचना अधिकारी लिलाधर पौडेलले बताउंँनु हुन्छ । ‘अहिले अस्पतालको दर्बन्दी १ सय ७५ छ तर कर्मचारी १सय ५० मात्र छन , उहांँले भन्नुभयो ,बांँकी करार र ज्यालादारी गरी समितिबाट राखिएको हो ।’ ओपिडी तथा भर्ना भएका बिरामीको लागि डाक्टर बिशेषज्ञ र नर्सको अत्यन्त न्यून र एक्सरे, ल्याव, इमरजेन्सी जस्ता कक्षमा पनि प्राविधिक ,तथा अन्य कर्मचारी निकैनै कम रहेको उहांँले बताउनु भयो ।
यस अस्पतालमा आएका आधाभन्दा बढी बीमाका बिरामी र आधा नियमित उपचार गर्ने विरामीहरु आउने गरेको पौडेलले जानकारी दिनुभयो । अस्पतालमा दैनिक ओपिडीमा मात्र आउने बिरामीको संख्या १ हजार ५०० सयको हाराहारीमा आउने गरेको अस्पतालले जनाएको छ ।
तपाइँको प्रतिक्रिया