समुह चरणको अन्तिम खेलमा अष्ट्रेलिया पराजित, फाइनल प्रवेशका लागि इंग्ल्याण्डको सामना गर्ने

असार २२ – समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिका सँग पराजित भए पछी अष्ट्रेलिया समुह उपबिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । विश्वकप क्रिकेट अन्तर्गत गए राती सम्पन्न समुह चरणको अन्तिम खेलमा अफ्रिकाले अष्ट्रेलियाबिरुद्द १० रनको रोमान्चक जित हात पार्यो ।
दक्षिण अफ्रिकाले दिएको ३२६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले एक बल बाँकी छँदा ३१५ रनमा समेटियो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतक बनाएपनि टोलीको हार भने टार्न सकेनन् । ११७ बल खेलेका वार्नरले १२२ रन बनाए । उनले १५ चौका र दुई छक्का प्रहार गरे ।
एलेक्स क्यारीले ८५ रन बनाएर आउट भए । उनले ६९ बलमा ११ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन ।दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन विकेट लिए भने ड्वनी प्रिटोरियस र एन्डिलो फेहलुवकलो समान २ विकेट हात पारे ।
त्यस अघी ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ रोजेको अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेत गुमाउदै ३२५ रनको बिशाल योगफल तयार पारेको थियो । उसका लागि कप्तान फाप डुप्लेसिसको शतकिय पारी खेले । उनले ६४ बलमा १०० रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । रसिइ भान डेर डुसेनले ९५ रन बनाएर पेभिलियन फर्किए । उनले ९७ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे । क्वीन्टन डि ककले ५२ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लियोनले समान २–२ विकेट लिए भने जेसन बेहरनडर्फ र प्याटकमिन्सले समान १-१ विकेट हात पारे । समुहको दोस्रो स्थानमा रहदै सेमिफाइनलमा स्थान बनाएको अष्ट्रेलियाले फाइनल प्रवेशका लागि इंग्ल्याण्डको सामना गर्नेछ । उक्त खेल जुलाई ११ मा हुनेछ । त्यस अघी फाइनल प्रवेशका लागि जुलाई ९ मा भारत र न्युजिल्यान्ड भिड्नेछन् । एजेन्सी
तपाइँको प्रतिक्रिया