कोपा अमेरिकामा अर्जेन्टिनालाई तेस्रो स्थान, मेस्सीले पाए रेड कार्ड

असार २२ – चिलीलाई २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत गए राती (आइतबार बिहान) सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले स्तब्ध पारेको हो ।
यो जित सँगै अर्जेन्टिनाले तेस्रो स्थान मात्र नभई अघिल्लो २ संस्करणको फाइनलमा लगातार व्यहोरेको हारको बदला समेत लिएको छ । अर्जेन्टिनालाई जिताउन सर्जियो अगुएरो र पाउलो डिबालाले गोल गरे । चिलीका लागि अटुर्डो भिडालले एक मात्र गोल गरे ।
अर्जेन्टिनाले दुबै गोल पहिलो हाफमा नै गरेको थियो । खेलको १२ औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो । कप्तान लियोनल मेस्सीको पासलाई सदुपायोग गर्दै अगुएरोले गोल गरे । लगत्तै १० मिनेट पछी अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । खेलको २२ औं मिनेटमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।
पहिलो हाफमा नै अर्जेन्टिनाले गोल गर्ने अन्य धेरै अवसर खेर फाल्यो । उता चिलीले पनि पहिलो हाफमा अग्रता छोट्याउने मौका खेर फाल्यो । खेलको ३७ औं मिनेटमा दुबै टोली १० खेलाडीमा सिमित भयो । चिलीका ग्यारी मेडेल र अर्जेन्टिनाका कप्तान मेस्सी बिच घम्साघम्सी हुँदा रेफ्रीले दुबैलाई रातो कार्ड दिए । यो बिबादास्पद रातो कार्ड सँगै मेस्सीले करियरमा दोस्रो रातो कार्ड पाएका छन् ।
दोस्रो हाफमा चिलीले खेलमा फर्कने संकेत गर्यो । खेलको ५९ औं मिनेटमा चिलीले पेनाल्टी पायो । प्राप्त अवसरलाई भिडालले गोलमा परिणत गराए पनि टोलीको हार भने टार्न सकेनन् । अर्जेन्टिना
तपाइँको प्रतिक्रिया