चुकेप्रति श्रद्धाञ्जलि दिन पुगे गृहमन्त्री थापा

चितवन २१ असार – गृहमन्त्री रामबहादुर थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न भरतपुरका संस्थापक नगर प्रमुख मुक्तिलाल चुकेको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । असार १७ गते निधन भएका स्व चुकेको निवासमा आज आयोजना गरिएको श्रद्धाञ्जलिसभामा गहमन्त्री थापाले परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।
उहाँले स्व चुकेलाई प्रजातान्त्रिक योद्धाको रुपमा स्मरण गर्नुभयो । गृहमन्त्री थापाले चुकेले भरतपुर नगर स्थापनाका लागि ठूलो त्याग गर्नुभएको उल्लेख गुर्नभयो । “नगरको विकास र स्थापनामा चुकेको उल्लेखनीय योगदान रहेको छ, यसलाई नगरवासीले सधैँ स्मरण गर्नेछन्”, गृहमन्त्री थापाले भन्नुभयो ।
तपाइँको प्रतिक्रिया