गृहमन्त्रीद्वारा कान्छीमायाप्रति श्रद्धाञ्जलि

चितवन २१ असार – गृहमन्त्री रामबहादुर थापाले पत्नीशोकमा पर्नुभएका प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको घरमा पुगेर समवेदना व्यक्त गर्नुभएको छ । उहाँले लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री लामाकी धर्मपत्नी कान्छीमायाको ५८ वर्षको उमेरमा आज हेटाँैडास्थित सरकारी निवासमा निधन भएको हो । उहाँ कलेजोको क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । लामाको बौद्ध परम्पराअनुसार राप्ती–४ भवानीपुरस्थित गुम्बाडाँडामा आजै अन्त्येष्टि गरिएको छ ।
तपाइँको प्रतिक्रिया