कोपा अमेरिका : तेस्रो स्थानको खेल आज हुँदै, चिलीसँग बदला लिने दाउमा अर्जेन्टिना

असार २१ – कोपा अमेरिका फुटबलमा आज राती तेस्रो स्थानको लागि अर्जेन्टिना र चिली भिड्दैछन् । सेमिफाइनलमा ब्राजिल सँग पराजित भएको अर्जेन्टिना र पेरु सँग पराजित भएको चिली आज राती तेस्रो स्थानको लागि भिड्न लागेका हुन् ।
खेल नेपाली समय अनुसार राती १२:४५ बजे हुनेछ । अर्जेन्टिना र चिली बिचको यो खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । आज हुने खेलमा अर्जेन्टिना केबल तेस्रो स्थान हासिल गर्नको लागि मात्र नभई चिली सँग बदला लिने दाउमा रहेको छ । पछील्लो २ संस्करणमा अर्जेन्टिना लगातार दुई पटक फाइनल पुगेर पनि उपाधी जित्न सफल भएको थियो । दुबै पटक चिली उसको बाधक बनेको थियो । यसर्थ आजको खेलमा अर्जेन्टिना त्यसको बदला लिने दाउमा उनेछ ।
उता लगातर तेस्रो पटक उपाधी जित्ने दाउमा रहेको चिली यस पटक सेमिफाइनल भन्दा माथि जान सकेन । लगातार तेस्रो उपाधी नजिक जान नसके पनि चिली कम्तीमा तेस्रो स्थानमा चित्त बुझाउने दाउमा रहेको छ । पछील्लो दुई संस्करणमा अर्जेन्टिनालाई हराउदै उपाधी जितेको चिली आज फेरी त्यही नतिजा निकाल्ने दाउमा रहेको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया