भारतको दबाबपछी तरकारी र फलफूलमा विषादी परीक्षण नितीबाट पछी हट्यो सरकार

काठमाडौं, असार २० – भारतको दबाब पछी सरकार भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट पछी हटेको छ । सरकारले भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने निती ल्याएता पनि भारतको दबाब पछी सरकार पछी हटेको हो ।
भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको छ । तर सरकारले भने विषादी परीक्षणका लागि आवश्यक तयारी नपुगेकोले स्थगितको गरिएको भन्दै टार्न खोजेको छ ।
नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
तपाइँको प्रतिक्रिया