अध्यक्ष पौडेलद्धारा पदभार ग्रहण

असार २०, भरतपुर । मैयादेवी कन्या कलेज व्यवस्थापन समितिको अध्यक्ष टंकनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । आज शुक्रबार कलेजमा आयोजित एक कार्यक्रमबीच कलेजका सहसंरक्षक प्रेमकुमार श्रेष्ठ र समितिका संस्थापक अध्यक्ष रामकृष्ण घिमिरेले पौडेललाई पदभार ग्रहण गराउनु भएको हो ।
दोस्रोपटक पदबहाली गर्नुभएका पौडेललाई कलेजको प्रथम भेलाले बिहीबार पुनः अध्यक्षमा चयन गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले पौडेलको अथक प्रयासले कलेज यहांँसम्म आउन सफल भएको बताउनु भयो । पौडेल एक बहुआयामिक , समाजसेवी व्यत्तित्व रहेको चर्चा गर्दै उहांँले आगामी दिनमा कलेजलाई थप उचाइमा पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले आफूलाई थप जिम्मेवारी महसुुस भएको बताउँदै आगामी दिनमा कलेजलाई माथि पुरयाउन कुनै कसर बाकी नराख्ने बताउनु भयो । कलेजको पूर्वाधार र शैक्षिक गुणस्तरीयता बढाउंँदै जिल्लाकै नमुना कलेज बनाउने उहांँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम कलेजका सह सरक्षक प्रेम कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । २०५७ सालमा वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले स्थापना गर्नुभएको यस कलेजमा विभिन्न संकायका दशजोड दुई देखि स्नाकोत्तर सम्म अध्ययन अध्यापन हुदै आईरहेको छ ,यसैबीच शुक्रबार नै कलेजका नवनियुक्त प्रार्चाय जेबी गुरुङ्गले पनि पदभार ग्रहण गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया