भरतपुर १२ स्थित नाट्यश्वरी कला केन्द्रको शुभारम्भ

चितवन, असार १९ – भरतपुर १२ चितवनमा स्थित नाट्यश्वरी कला केन्द्रको आज शुभारम्भ भएको छ। नृत्य, गायन,अभिनय लगायतका विभिन्न प्रशिक्षण प्रदान गरिने सो कला केन्द्रका संचालक विगत २० वर्ष देखि कलाकारिता क्षेत्रमा अनवरतरुपमा क्रियाशिल रहदै आएका रमितकुमार श्रेष्ठ ” पाल्पाली” हुन् ।
समुद्घाटन समारोहमा प्रमुख अतिथि मोटिभेस्नल स्पिकर लक्ष्मण भण्डारी, बिशिस्ट अतिथिमा कलाकार तथा मोडल निरन्जन पाण्डे रहेका थिए।कला केन्द्रकै नृत्य कलाकारहरुकोविविध नृत्य प्रस्तुति हरुको साथमा आयोजना गरिएको सो समुद्घाटन समारोहमा उल्लेख्य दर्शक हरुको समेत उपस्थिति रहेको थियो। मुख्य कार्यालय भरतपुर पश्चात् भरतपुर-४ र पुतलीबजार नारायणगढमा शाखा खोलिने संचालक पाल्पालीले बताए ।
तपाइँको प्रतिक्रिया