२ लाख रकमसहित ८ जुवाडे पक्राउ

काठमाडौं, असार १९ – काठमाडौंको बानेश्वरबाट नगदसहित ८ जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले नगदसहित ८ जुवाडे नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख उनान्सय हजार ५ सयसहित ८ जुवाडेलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । बोगटीका अनुसार पक्राउ परेका ८ जनालाई अहिले बानेश्वर वृत्तमा राखेर अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रिया