अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा

असार १८ – अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ ।बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७१ औ मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको अग्रता डबल गरेका थिए।त्यस पछि खेलमा कुनै गोल हुन सकेन र अर्जेन्टिनालाई २–० पराजित हुन पुग्यो । कोपा अमेरिका फुटबलको फाईनलमा उपाधिका लागि ब्राजिलले अब चिली र पेरु बीचको विजेतासँग खेल्नेछ ।
अहिले सम्म ब्राजिल र अर्जेन्टिना ११० पटक भिडेका छन् । यो जित सगै ब्राजिलले ४६ खेल जितेको छ भने अर्जेन्टिनाले ३९ खेल जितेको छ ।दुईबीचको २६ खेल भने बराबरीमा सकिएको छ ।फाइनल खेल आइतबार हुनेछ ।
तपाइँको प्रतिक्रिया