” नारायणगढ राउण्ड टेबल १४ को अध्यक्षमा विकास वर्मा “

चितवन, असार १७ – नारायणगढ राउण्ड टेबल १४ को ११ औ अधिवेशनले विकास वर्माको अध्यक्षतामा नंया कार्यसमिति चयन गरेको छ । बर्ष १९ /२० का लागि निर्विरोध निर्वाचित नंया कार्यसमितिको उपाध्यक्षमा नितेश महेश्वरी, सचिवमा मनिष पोडार, कोषाध्यक्षमा विवेक चाचान चयन भएका छन् ।
राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष रबि खेतानको विशेष उपस्थिती रहेको कार्यक्रम वर्ष १८/१९ का अध्यक्ष पङ्कज अग्रवालको अध्यक्षतामा सम्पन्न भएको नारायणगढ राउण्ड टेबल १४ का प्रोमोटर सुरज सेढाईले ए टु जेड समाचारलाई जानकारी दिए । कार्यक्रम मेघौली ताज सेराई लजमा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया