महिलाहरुको लागि सिपमूलक तालिम

भरतपुर, असार १७ – महिलाहरुको नेतृत्व विकासको लागि चारदिने सिपमूलक तालिम सम्पन्न भएको छ । जनशितल टोल विकास संस्थाको आयोजना र महानगरपालिकाको सहयोगमा गरिएको तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको लागि ५० हजार बजेट भरतपुर महानगरपालिकाबाट उपलब्ध गराइएको महानगरपालिका वडा नं १० की जनप्रतिधि सदस्य माया नेपालीले बताइन ।
तालिममा क्रिष्टलका गहना बनाउने तरिका, सामान्य घरमा बसेर माला, बाला, औठी, टप बनाउन सकिने प्रशिक्षिका रेखा आचार्य ले बताइन । थोरै लगानीमा घरमा बसेर आनन्दले पैसा कमाउन सकिने आचार्यले बताइन । नयां डिजाइन निकालेर विभिन्न प्रकारका गहना बनाउन सकिने, महिलाहरुले रोजगार पाएको, थोरै समयमा धेरै पैसा कमाउन सकिने सहभागि महिलाहरुले बताए ।
तपाइँको प्रतिक्रिया