काबुलमा तालिवान हमला, कम्तीमा १६ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली कार बम विष्फोट हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ। कार बम रक्षा मन्त्रालयको भवन अगाडी विष्फोट गराइएको थियो।
अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार विष्फोटमा परी एक सय भन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा २६ जना बालबालिका र पाँच महिलासमेत रहेका छन्।
अफगानिस्तानका प्रहरी प्रवक्ता कासिम अफगानले यस हमलामा ११ प्रहरीको ज्यान गएको र अन्य कैयौँ घाइते भएको बताएका छन्।
कतारको राजधानी दोहामा अमेरिका र तालिबानकाबीच शान्ति वार्ता चलिरहेको समयमा यो हमला भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।एजेन्सी–
तपाइँको प्रतिक्रिया