ड्रिम्स नेपाल उत्प्रेरणात्मक गोष्टी सम्पन्न

चितवन, असार १६ – ड्रिम्स नेपालको आयोजना र हेल्प फर ह्याप्पीनेस सहयोगमा नो योरसेल्फ बिषयक उत्प्रेरणात्मक गोष्टी सम्पन्न भएको छ । नारायणी कला मन्दिरमा सम्पन्न गोष्टीमा प्रमुख अतिथि द आर्ट अफ लिभिगंका मुख्य प्रशिक्षक पवन नेपाल र मोटिभेसनल स्पिकर डा मिलन गैरे वक्ताको रुपमा रहेका थिए ।
उक्त गोष्टीमा पवन नेपालले जिवनमा तनावमुक्त कसरी हुने, आफ्नो लक्ष्य हासिल कसरी गर्ने, आफ्ना बाबुआमाको र गुरुवर्गको सम्मान गर्नुपर्ने , समस्याको समाधान कसरी गर्ने जस्ता बिषयमा प्रशिक्षण दिएका थिए । उनले हाल तानाबकै कारण युवाहरुले आत्मा हत्या गर्ने क्रम बढेको बताउदै त्यसलाई कसरी कम गर्ने भन्ने बारे पनि चर्चा गरेका थिए ।यस्तै उनले जीवन जिउने कला बारे पनि प्रशिक्षन दिएका थिए ।
अर्का वक्ता मिलन गैरेले आफुमा भएको उर्जा शक्तिलाई बढाउदै त्यसलाई कसरी सही ठाउँमा प्रयोग गर्ने भन्ने बिषय बारे चर्चा गरेका थिए । उनले समयको सही सदुपयोग गर्दै जीवनमा कसरी सफलता हासिल गर्ने भन्ने बिषयमा प्रकाश परेका थिए ।
कार्यक्रममा गायक हरि योन्जनले संगीतिक प्रस्तुती दिएका थिए । ड्रिम्स नेपालको अध्यक्ष शिशिर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया