एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई वाल्मिकीले गर्यो सम्मान

असार १६, चितवन । यसबर्ष जिल्लामा एसइइमा नीजि विद्यालयहरुमध्ये ४ जीपीए ल्याउने ११ जना विद्यार्थीहरुलाई वाल्मीकि शिक्षा सदनले सम्मान गरेको छ ।
आज सदनले एक कार्यक्रमको आयोजना गरी ती विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–४ का वडाअध्यक्ष हरिप्रसाद आचार्य, विद्यालय व्यवस्थापनका अध्यक्ष टीकाराम सहितको समुस्थितिमा प्रमाणपत्र सहित नगद पाँच हजारले सम्मानित गरिएको थियो ।
सम्मानित हुने विद्यार्थीहरुमा वाल्मीकि शिक्षा सदनका आयुषा सापकोटा, सुवास कँडेल, सुप्रिमा दाहाल स्काइराइडर आवासिय मावि रत्ननगरबाट विश्वास पौडेल, हिमाल रानाभाट रहेका छन । यस्तै एन्जर्लस वल्र्ड स्कुल रत्ननगरका होमनाथ पौडेल, सजेश रेग्मी , एकता शिशु निकेतनका आशिष पौडेल, प्रेरणा इङलिस स्कुलका इश्वर कुमार भण्डारी र एसओएसकी शिक्षा पौडेल र न्यू भिजन स्कुलका दिनानाथ उपाध्याय रहेका छन ।
२०५३ सालमा स्थापित वाल्मीकि शिक्षा सदनले जिल्लामा विभिन्न तह तथा संकायमा स्थानीय तथा राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा दिँदै आइरहेको छ । यही बर्षमा प्रकाशित २०७५ सालको एसईई परीक्षाको नतिजामा यस विद्यालयबाट ३ जना ४ जीपीएसहित १५९ जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्राचार्य लक्ष्मीकान्त चालिसेले बताए ।
तपाइँको प्रतिक्रिया