मिस गुरुङ इन्टरनेशनलको चितवन अडिसन श्रावण ६ गते

चितवन, असार १५ -मिस गुरुङ इन्टरनेशनल सिजन ३ को अडिसन मिती तय भएको छ । मृगतृष्णा फेसन एण्ड प्रोडक्सनको प्रस्तुतीमा हुन गईरहेको सौन्दर्य प्रतियोगिता मिस गुरुङ इन्टरनेशनलको अडिसनमिती तय भएको हो ।
सौन्दर्य प्रतियोगितामा देशभरबाट प्रतियोगीहरुलाई सहभागी गराउनका लागि मुख्य सहरहरुमा अडिसन गर्न लागिएको आयोजकले जनाएको छ । सोही क्रममा उक्त सौन्दर्य प्रतियोगिताको चितवन अडिसनको मिती तय भएको छ । श्रावण ४ गतेबाट देशका बिभिन्न मुख्य सहरहरुमा हुन लागेको उक्त सौन्दर्य प्रतियोगिताको चितवन अडिसन श्रावण ६ गते हुने भएको छ ।
मिस गुरुङ इन्टरनेशनलको चितवन अडिसन ग्लोबल होटल भरतपुरमा बिहान १० बजेबाट दिउसो १ बजे सम्म हुने चितवन संयोजक प्रनिशा गुरुङले ए टु जेड समाचारलाई जानकारी दिएकी छिन् । सोही दिन नवलपुरमा समेत अडिसन हुने उनले जनाईन् । अडिसनका लागि आवेदन खुल्ला भईसकेको गुरुङले बताईन् । यस सौन्दर्य प्रतियोगिता सहभागी हुन इच्छुक सम्पूर्ण गुरुङ समुदायकी युवतीहरुलाई यथासिघ्र सम्पर्क गर्न समेत उनले आग्रह गरिन् ।
चितवन बाहेक श्रावण ४ इटहरी, ७ गते बुटवल, ८ गते पोखरा र १८ गते काठमाडौंमा अडिसन हुने आयोजकसंस्थाकी अध्यक्ष तृष्णा गुरुङले जानकारी दिईन् । देशभर हुने अडिसनबाट ३० जना फाइनलका लागि छनौट हुनेछन् । प्रतियोगिताको फाइनल भाद्र २८ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रतियोगिताको विजेताले क्राउन सहित, स्कुटर र १० लाख रुपैयाँ बराबरको विभिन्न गिफ्ट ह्याम्पर र बिदेश भ्रमणको अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । सन् २०१४ देखि सुरु भएको यो प्रतियोगिता बिशेष कारणले दुई वर्ष हुन नसकेको आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया