बिशेष कार्यक्रम गर्दै चितवनमा पनि मनाईयो धान दिवस (भिडियो सहित)

चितवन, असार १५ – आज असार १५ अर्थात १६ औं राष्ट्रिय धान दिवस देशैभर बिभिन्न कार्यक्रम गरी मनाईएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिईने धान दिवस आज देशभर मनाईएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नारासहित १६ औं धान दिवसका अवसरमा मुलुकभर धान दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।
धान दिवसको अवसरमा चितवनको बिभिन्न स्थानमा पनि बिशेष कार्यक्रमको आयोजना गरिएको छ । असार १५ धान दिवसको अवसरमा भरतपुरमहानगरपालिका १५ फुलबारीमा पनि बिशेष कार्यक्रमको आयोजना गरिएको हो । नारायणी लिफ्ट खगेरी सिचाई व्यवस्थापना कार्यालय र नारायणी लिफ्ट सिचाई जल उपभोक्ता मुल समितीको आयोजनामा सम्पन्न कार्यक्रमका बोल्दै प्रमुख अतिथी प्रदेश ३ का सासंद घनध्याम दाहालले चितवनको कृषि क्षेत्रको बिकासमा एक जुट भएर लाग्न सके यहाँबाट कृषिजन्य बस्तुहरु निर्यात गर्न सकिने बताए । उनले कृषियोग्य जमिन प्लटिङ गर्दा उत्पादकत्व घट्दै गईरहेको दुखेसो पोख । यस्तै उनले कृषिमा आधुनीकी करण आवश्यक रहेको बताए । कृषि यन्त्रको प्रयोग गर्दै यस क्षेत्रलाई सहज बनाउनुको साथै उत्पादकत्व बढाउन सकिने उनले बताए ।
भौतिक पुर्वाधार बिकास मन्त्रालय प्रदेश ३ का सचिव कौशल किशोर झाले चितवनको कृषिले प्रदेश ३ लाई सजिलै धान्न सक्ने बताए । उनले चितवनको कृषि उत्पादकत्व बढाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको पनि बताए । यस्तै उनले चितवन कृषिको स्वर्ग भएको बताउदै कृषि क्षेत्रको प्रवर्दनका लागि सबैलाई गम्भिर भएर अघी बाढ्न आग्रह गरे ।
नारायणी लिफ्ट सिचाई जल उपभोक्ता मुल समितीका अध्यक्ष ले कृषकलाई समयमा नै रसायनिक मल उपलब्ध गराउन सके उत्पादन अझै बढाउन सकिने बताए । उनले कृषकको मुख्य समस्या भनेकै सिचाई र रसायनिक बल भएको बताए । उनले पहिले र अहिलेको तुलनामामा उत्पादकत्वमा खास्सै फरक नरहेको बताए ।
तपाइँको प्रतिक्रिया