क्रिष्टिना ‘प्रेम गीत ३’ मा गीत बन्ने, प्रदिप सँग गर्नेछिन् रोमान्स

चितवन, असार १५ – लामो प्रतिक्षा पछी चलचित्र ‘प्रेम गीत ३’ को लागि ‘गीत’ फाइनल भएकी छिन् । चलचित्रको लागि गरिएको अडिसनबाट क्रिष्टिना गुरुङ गीत पात्रको लागि फाइनल भएकी हुन् । चलचित्रका निर्माता सन्तोष सेनले आइतबार क्रिष्टिनालाई गीत पात्रको लागि फाइनल गरिएको जानकारी दिए ।क्रिष्टिनाले सुपर हिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेलमा प्रदिप खड्का सँग रोमान्स गर्ने भएकी छिन् । ‘प्रेम गीत ३’ को लागि क्रिष्टिना फाइनल भएको जानकारी दिदै चलचित्र युनिटले उनको केही क्यारेक्टर पोष्टर पनि सार्वजनिक गरेको छ ।
अमेरिका बस्दै आएकी क्रिष्टिनाले केही म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । उनी ‘प्रेम गीत ३’ को अडिसनको लागि अमेरिकाबाट नेपाल आएकी हुन् । गीत क्यारेक्टरको लागि फाइनल भएपछी क्रिष्टिनाले लामो समय देखीको कलाकार बन्ने सपना पुरा हुन लाग्दा निकै खुशी लागेको बताएकी छिन् । कलाकारिता क्षेत्रमा प्रवेश गर्नका लागि राम्रो टिम खोजिरहेको बेला आशुसेन फिल्म्स जस्तो ठुलो ब्यानर सँग काम गर्न पाउनु खुशीको कुरा भएको भन्दै क्रिष्टिनाले आशुसेन युनिटलाई धन्यवाद दिएकी छिन् ।
‘पढाईको शिलसिलालाई अगाडी बढाउदै अाफ्नो सपना लाई अगाडी बडाउन केही सिक्ने मौका पनि मिलेको थियो तर राम्रो टिम संग आवद्ध हुन र ईन्डस्ट्रीमा छिर्न सजीलो थिएन । तर आसुसेन जस्तो एउटा उच्च बिन्दुमा पुगेर आफुलाई प्रमाणित गरिसकेको कम्पनीले हामी जस्तो लुकेर रहेको प्रतिभा प्रस्पोठन गर्न एउटा स्थान दिदै आएको र त्यसमा आफ्नो कला देखाउन पाएकोमा मन मुटु बाट धेरै धन्यवाद दिन चाहान्छु – उनले फेसबुकमा लेखेकी छिन् । यस्तै उनले आफुलाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।
गीत पात्रको लागि क्रिष्टिनालाई सार्वजनिक गर्दै निर्माता सन्तोष सेनले उनको प्रतिभा, सुन्दरता र आत्मविश्वासको तारिफ गरेका छन् । उनले क्रिष्टिनाको प्रतिभा, सुन्दरता र आत्मविश्वासको कारण नै उनी गीत पात्रको लागि छनौट भएको बताएका छन् । उनले क्रिष्टिना गीतको लागि छनौट भए पनि अन्य सबै जना प्रतिभाशाली भएको बताएका छन् । ‘क्रिष्टिना गुरुङ्ग अब गीतको पात्रमा देखिने भएपछी बाकि २४ जनामा पनि आ-आफ्नो किसिमको प्रतिभा छ । यो कुनै प्रतिष्पर्धा थिएन र यहाँ सहभागिता जनाएका २५ जना मध्य सबै समान प्रतिभाशाली हुन्, हामीले चलचित्रको कथाको माग अनुसार सुहाउदो पात्रको खोजि मात्र गरेको हौ – उनले भने ।’
क्रिष्टिनाको अडिसन भिडियो
गीत पात्रका लागि २७१४ जनाले अडिसन दिएका थिए । ति मध्य उत्कृष्ट २५ हुँदै क्रिष्टिना छनौट हुन सफल भएकी हुन् । चलचित्रको लागि फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मी पनि यस अघी नै फाइनल भईसकेका छन् । छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्र ‘प्रेम गीत ३’ चैत २८ गते प्रदर्शन हुनेछ । चलचित्रको कथा निर्देशक छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।
तपाइँको प्रतिक्रिया