टिप्परको ठक्करबाट मजदुरको ज्यान गयो

बुटवल, असार १४ – टिप्परको ठक्करबाट रुपन्देहीको सैनामैनामा एक मजदुरको ज्यान गएको छ ।सैनामैना नगरपालिका १० कटानीचोकमा दक्षिणबाट उत्तरतर्फ जांदै गरेको ना ८ ख ३४०९ नम्बरको टिप्परले ठक्कर बाट घाइते भएका नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका मजदुरको उपचारको क्रममा ज्यान गएको हो ।
उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले जनाएको छ । सडक छेउमा बन्दै गरेको घर निर्माणको काम गर्दै गरेका क्रममा उनलाई टिप्परले ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीको नियन्त्रणमा रहेको छ ।
तपाइँको प्रतिक्रिया