दुई तिहाई वहुमतको सरकारको कारण पत्रकारले समेत रुन पाएनन् – सिंह

रुपन्देही, असार १४ – नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेकपाको दुई तिहाई वहुमतको सरकारले पत्रकारहरुलाई समेत रुन नपाएको बञ्चिन गर्न लागेको बताएका छन् ।चुनावको बेला कम्युनिष्टको सरकार आए रुन पनि पाइँदैन भन्दा पत्रकारहरुले नै हाँसोमा उडाएको तर, अहिले समाचार लेख्दा पनि पत्रकारलाई पक्राउ गरेर सरकारले रुन पनि नदिएको भन्दै नेता सिंहले व्यंग्य गरे ।
शनिबार रुपन्देहीको सैनामैनामा आयोजित कार्यक्रममा नेता सिंहले नेकपाको सरकारले कुनै क्षेत्रमा राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले सरका ठूलठूला भ्रष्टाचार काण्डमा मुछिएर गन्हाएको आरोप समेत लगाए । ३३ किलो सुन काण्ड कहाँ गयो ? ४ अर्बको वाइडबडी छानविन खोइ ? भन्ने प्रश्न गर्दै उनले सरकारले आम नागरिकलाई सुरक्षा र सुशासनको प्रत्याभूति दिन नसक्ने बताए ।मेलम्चीको पानी काठमाडौंमा ल्याउन नसक्ने सरकारले पानीजहाजको सपना देखाएर जनताको अपमान गरेको उनको आरोप छ ।
तपाइँको प्रतिक्रिया