गैंडाकोट नगरपालिकाद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान

असार १४ नवलपुर – गैंडाकोट नगरपालिका वडा नं १ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजना र धार्मिक समन्वय पर्यटनको सहयोगमा ८० वर्षका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा ८० जना भन्दा बढी जेष्ठ नागरिकलाई आर्थिक पुरस्कार सहित फुलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाको प्रमुख मेयर छत्रराज पौडेलले जेष्ठ नागरिकलाई सम्मान गर्दा धार्मिक संस्कार उत्पादन तथा जर्गेना हुने बताए ।
गैंडाकोट नगरपालिका वडा नं १ को अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथी गैंडाकोट नगरपालिकाकी उममेयर विष्णुकुमारी कडेंलले उक्त कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए । युवाहरु विदेशिदा जेष्ठ नागरिकहरुको हेरविचारमा कमी भएको कडेंलले बताइन् ।कार्यक्रममा जेष्ठ नागरिकहरुलाई तिर्थयात्रा गराईएको थियो । कार्यक्रममा महिला सञ्जाल, बाल सञ्जालको सहभागि रहेको थियो ।
तपाइँको प्रतिक्रिया