लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टद्वारा विद्यार्थीहरुलाई पोषाक र शैक्षिक सामाग्री बितरण

माडी, असार १४ – लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टले राष्ट्रिय अधारभुत बिद्यालय पाण्डवनगर माडीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोषाक बितरण गरेको छ । क्लबले आफ्नो नियमित कार्यक्रम अन्तर्गत शुक्रबार पोषाक बितरण गरेको हो ।
बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच १०५ जना विद्यार्थीहरुलाई बिद्यालय पोषाक र कापी, कलम, फुटबल, भलिबल लगायतका शैक्षिक तथा खेलकुद सामाग्रीहरु बितरण गरेको हो । कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक तुल बहादुर नेपालीले यस किसिमका सहयोगले विद्यार्थीहरु प्रेरणा मिल्ने बताए । यसरी सहयोग पाउदा विद्यार्थीहरु खुशी हुने र यसले गर्दा उनिहरुलाई अध्ययन गर्न उत्प्रेरित गर्ने उनले बताए ।
क्लबका अध्यक्ष लायन जित बहादुर खनालले लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्ट यस्ता सहयोग गर्नका लागि सधैं तयार रहने प्रतिबद्दता गरे । शैक्षिक सामाग्री तथा पोषक अभावले कोही पनि विद्यार्थी शिक्षाबाट बन्चित नहुन् भनेर नै क्लबले यस किसिमको सहयोग गर्दै आएको उनले बताए । यस्तै उनले पोषक संकलनमा सहयोग गर्ने क्लबका प्रथम उपाध्यक्ष लायन गोबिन्द अर्याल र सम्पूर्ण टिमलाई धन्यवाद दिए ।
क्लबले नियमित रुपमा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गर्दै आईरहेको क्लबका लायन बर्ष २०१९-२० का निर्वाचित अध्यक्ष लायन सुनिल देवकोटाले ए टु जेड समाचारलाई जानकारी दिए । कार्यक्रम क्लबका अध्यक्ष जित बहादुर खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया