चितवनमा पत्रकारहरुका लागि गरिएको सामाजिक विषय लेखन अभिमुखीकरण कार्यक्रम सम्पन्न

चितवन, असार १३ – चितवनमा कृयाशिल पत्रकारहरुका लागि सामाजिक विषय लेखन अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको आयोजना तथा भरतपुर महानगरपालिकाको सहयोगमा बुधवारबाट तीन दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको थियो।
पत्रकारहरुलाई सामाजिक विषयमा रहेर समाज परिवर्तन गर्न सक्ने समाचार प्रस्तुत गर्न सहयोग पु¥याउने, जल्दोबल्दो सामाजिक घटनालाई समेटेर समाचार लेख्नु पर्ने, भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए ।
कार्यक्रममा सामाजिक विषयमा रहेर सम्बन्धित विज्ञहरुसंग छलफल गरि वर्तमान चुनौती, समस्याहरुलाई कसरी समाचारमा समावेश गर्ने भनी अन्तरक्रिया समेत गरिएको थियो। कार्यक्रमको अन्तिम दिन शुक्रबार चितवनको बालगृह (बालबालिकाहरुको लागि प्रहरी नागरिक अभियान नेपाल) पत्रकारहरुलाई अवलोकन गर्न लगिएको थियो ।
बालबालिकाहरुको अवस्था के कस्तो रहेको छ, सडक बालबालिकाहरुको लागि के कस्तो सेवा सुविधा उपलब्ध रहेको छ, भनेर अवलोकन गरिएको थियो। त्यसैगरी (राइस अफ होम फर चिल्ड्रेन बालगृहमा) पनि अवलोकन गर्न पत्रकारहरुलाई लगिएको थियो ।
कार्यक्रममा सर्पको विषयमा पि यच डि गर्ने डाक्टर देव प्रसाद पान्डे सहभागी थिए । उनले सर्पको टोकाइबाट कसरी बच्ने , नेपालमा कति प्रजाती सर्प रहेको, कुन सर्पको विष लाग्ने नलाग्ने बताए । पत्रकारहरु शान्ता अधिकारी, जनक अर्याल भरतपुर महानगरपालिका को सामाजिक परिचालक तुलसी श्रेष्ठ लगायतले सामाजिक विषयको समाचार लेखन अनुभव सुनाएका थिए ।
जिल्ला समन्वय समिति चितवनको सभाहलमा भएको कार्यक्रममा अन्तिम दिन ४९ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया