कोलटांँडीका बासिन्दा आन्दोलनमा , माग पुरा नभएसम्म आन्दोलन जारी

असार १३, भरतपुर भरतपुर महानगरपालिका वडा नम्बर ११ को साविक कोलटांँडी टोलका बासिन्दा आन्दोलनमा उत्रिएका छन ।
ऐतिहासिक एवं भौतिक अस्तित्व रहेको सो टोललाई वडाले टुक्राइ दिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन । स्थानीयबासीले आज विहानदेखिनै ‘ मेरो कोलटांँडी मैलेनै सरक्षण गर्ने हो’ , ‘१४५ घर एकगाउंँ स्वाभिमानी ठाउ’ंँ, ‘कोलटांँडी नाउंँ, कोलटांँडीलाई नटुक्रयाउ बरु समायोजन गरिदेउ’ भन्ने प्लेकार्ड बोकेर वडा कार्यालयमा धर्ना दिएका छन ।
धर्ना कार्यक्रम पछि बोल्दै कोलटांँडी टोल संरक्षण समितिका संयोजक प्रदीप साकोटाले टोलविकास सस्था बनाउने पुरै मापदण्ड पुग्दापनि टोलवासीको हित विपरीत टुक्राएको आरोप लगाउनु भयो । ‘हामी १५५ घर छौ, जवकी मापदण्ड पुग्न १०० घर भएपुग्छ ।’ उहांँले भन्नुभयो । कोलटांँडीको आफ्नै एतिहासिक, साम्प्रदायिक बिशेषता रहेको बताउंँदै उहांँले भौगोलिक क्षेत्रको आधारमा समेत मापदण्ड पुगेको बताउनु भयो । यस बिषयमा पटक पटक वडा, महानगरमा बार्ता, छलफल भएपनि वडाले वेवास्ता र अटेर गरेको उहांँको भनाई थियो ।
समितिका सदस्य अर्जुन पाण्डेले वडाको निर्णयले टोलवासी रुष्ट भएको भन्दै स्थानीयको माग बमोजिमनै टोल विकास संस्था कायम गरिनुपर्ने बताउनु भयो । टोलवासीका माग सम्बोधन नगरे चरणबद्ध प्रर्दशन र धर्नाका कार्यक्रमलाई निरन्तरता दिने उहांँले बताउनु भयो । यस बिषयमा जिज्ञासा राख्दा वडा अध्यक्ष बाबुराम अधिकारीले वडाको विकासलाई केन्द्रमा राखेर कोलटाँडीलाई अन्य टोल विकास सस्थामा समायोजन गरिएको बताउनु भयो । ‘वडाको आ आफ्नो भिजन हुन्छ, कसरी हुन्छ आफ्नो वडालाई व्यस्थित र सुन्दर बनाउने हो’ उहांँले भन्नुभयो । कोलटांँडीबासीका जायज माग भए सम्बोधन गरिने बताउंँदै उहांँले स्थानीय सरकारको निर्देशन, योजना अनुसारनै समायोजन गरिएको बताउनुभयो ।
कोलटांँडीबासी विगत एकबर्षदेखि आफ्नो अस्तित्व रक्षाको माग भन्दै वडामा माग,धर्ना, छलफल गर्दै आएका थिए । वडाले साविक कोलटांँडी टोल विकास समितिलाई हाल सामना , गोर्खाली र जनज्योति टोल विकास सस्थामा समायोजन गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया