अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा

असार १३ – अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । गए राती सम्पन्न खेलमा सेनेगललाई हराउदै अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको प्रिक्वार्टर फाइनलमा पुगेको हो ।इजिप्टको काइरोमा भएको समूह सी अन्तर्गतको खेलमा लगातार दोस्रो जित हात पारेपछि अल्जेरिया अन्तिम १६ मा स्थान बनाउन सफल भयो । यसअघि पहिलो खेलमा अल्जेरियाले केन्यालाई हराएको थियो ।
एक खेल अगावै अल्जेरियालाई अघिल्लो चरणमा पुर्याउनका लागि युसुफ बिलाइलीको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ४९ औं मिनेटमा बिलाइलीले गोल गरेका थिए ।प्रतियोगितामा केन्याले पहिलो जित निकालेको छ । पहिलो खेलमा पराजित भएको केन्याले दोस्रो खेलमा तान्जेनियालाई ३–२ ले हरायो । जितसँगै केन्याले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।
मदगास्करले बुरुन्डीलाई १–० ले हराउँदै प्रिक्वार्टर फाइनलको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा गिनीसँग २–२ गोलको बराबरी खेलेको मदगास्करले बुरुन्डीलाई पराजित गर्यो । एजेन्सी
तपाइँको प्रतिक्रिया