पाराग्वेलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

असार १३ – टाइब्रेकरमा गोलरक्षक एलिसन बेकर नायक बन्दा ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । कोपा अमेरिका अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्यो ।
टाइब्रेकरमा ब्राजिलका गोलरक्षक एलिसन बेकरले पाराग्वेको पहिलो प्रहार नै उत्कृष्ट बचाउ गरे । ब्राजिलका लागि विलियनले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यस पछी पाराग्वेले लगातार ३ प्रहारमा गोल गर्यो । ब्राजिलको चौथो प्रहार भने बाहिरियो । दुबै टिमले ४-४ प्रहार गर्दा समान ३-३ गोल भयो ।
३-३ गोल भएको अवस्थामा दुबै टिम सँग अन्तिम एक मौका रहेको थियो । पाराग्वेका लागि पाँचौ प्रहार गरेका डेर्लिस गोन्जालेजको प्रहार बाहिरिदा ग्याब्रीएल जेससले पेनाल्टीलाई गोलमा परिणत गरे पछी ब्राजिल ४-३ ल्र बिजयी भयो ।
त्यसअघि निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा पनि दुबै तर्फबाट कुनै गोल हुन नसके पछी खेलको निर्णय टाइब्रेकरबाट लिईएको हो ।ब्राजिलले अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र भेनेजुएला मध्यको बिजेता सँग विजेतासँग खेल्नेछ ।
तपाइँको प्रतिक्रिया