तितो करेलाले कस्ता रोगहरु निको पार्छ ? थाहा पाईराख्नुहोस् !

तितो करेला खादा कति पयलाई करेलाको तितो स्वाद मन पर्दैन त कति पयलाई अत्याधिक मन पर्छ । स्वादका हिसावले मन पर्नु अथवा नपर्नु भन्दा स्वास्थ्यका हिसावले कस्ता खाले मानिसले करेलाको सेवन गर्नु हुन्छ भनेर सामान्य जानकारी राख्नु अत्यावस्यक छ । करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ ।
करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । तितो करेलामा पाईने यस्ता तत्वहरु हाम्रो शरिरमा निक्कै महत्वपूर्ण भूमिका खेल्छन् । केहि रोगीका लागि त करेला सेवन लाभदायक छ ।
आज करेलाकाे केहि फाईदा बारे चर्चा गरौं
श्वासप्रश्वास समस्यामा
ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएका विरामीका लागि अत्यन्तै लागदायक हुन्छ ।
लिभर टनिक
दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । तर, अहिले खाएर भरेनै यसको असर खोज्नुभयो भने तपाई गलत साबित हुनुहुने छ । यसले स्वास्थ्यमा पारेको सकारात्मक असर बुुझ्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनुु पर्ने हुन्छ ।
रोग प्रतिरोधक
पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
डण्डीफोरमा
करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ।
मधुमेह
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ ।
इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् ।
करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
कब्जियतमा
यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
छालाको समस्यामा
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।
मिर्गौला र ब्लाडर
यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
मुटुको रोग
यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
तौल घटाउन
यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।
यस्ता मानिसले करेला खानु हुदैन जान्नुहोस
तीते करेला सबै मानिसलाई मन पर्छ भन्ने छैन । केटा केटिलाई त झन् पटक्कै मन पर्दैन करेला किनकि करेला खादा तितो हुन्छ ।
यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु विष बराबर :
पायल्स
तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।
शल्यक्रिया
शल्यक्रिया गरेपछि करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ ।
कलेजोको समस्या
तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ ।
महिनावारी समस्या
महिनावारीको समयमा यो खाएमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन पर्छ ।
गर्भवती
बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्याउन जरुरी हुन्छ ।
तपाइँको प्रतिक्रिया