शाकाहारी भोजनका पारखिहरुका लागि सञ्चालनमा आयो मंगलम स्विट्स

चितवन, असार १२ – भरतपुर १ पोखरा बसपार्क आडैमा मंगलम स्वीटस् एण्ड शद्ध शाकाहारी भोजनालय सञ्चालनमा आएको छ ।भानुभक्त उच्च माध्यामिक विद्यालयको व्यापारिक हलमा सञ्चालनमा आएको मंगलम स्वीटसको सोहि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चितवन पर्यटन विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीले उद्द्घाटन गरे ।
व्यवसायी विस्तारको शुभकामना दिदै नैतिकतामा रहेर काम गर्न अधिकारीले व्यवसायीलाई आग्रह गरे । एक पटकमा ४० जना ग्राहाकलाई सेवा दिन सक्ने क्षेमता रहेको मंगलम स्विट्समा ३० जना कामदार रहेका छन् ।
होम डेलिभरीको सेवा समेत रहेको मंगलमले विद्यालय पोसाकमा आउने विध्यार्थीहरुका लागि १० प्रतिशत छुट् दिएकोे संचालक माधव शर्माले जानकारी दिए । शाकाहारी भोजनका पारखिहरुको संख्यामा बृद्धि हुदै आएको हुदा मंगलमले ठुलो बजार लिने शर्माको विश्वास छ ।
तपाइँको प्रतिक्रिया