गत बर्ष झै यस पटक पनि एसईईमा अर्किडको नतिजा उत्कृष्ट

चितवन, असार १२ – गत बर्ष एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै चितवनमा दोस्रो हुन सफल अर्किड स्कुल भरतपुरले यस पटक पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । अर्किडले २ जना ३.९५ जिपिएस सहित गत बर्ष झै यस बर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको हो ।
अर्किडबाट अग्रता थापा मगर र रोशन गिरीले ३.९५ प्राप्त गरेको बिद्यालयका सह प्राचार्य ओमराज मैनालीले ए टु जेड समाचारलाई जानकारी दिए । २ जनाले ३.९५ जिपिएस सहित १२ जनाले ए प्लस र २४ जनाले ए ग्रेड प्राप्त गरेका छन् । यस्तै २० जनाले बी प्लस, ९ जनाले बी र ३ जनाले सि प्लस प्राप्त गरेको मैनालीले बताए ।
तपाइँको प्रतिक्रिया