गत बर्ष चितवन प्रथम भएको पोलार स्टारको एसईई नतिजा यस पटक पनि उत्कृष्ट

चितवन, असार १२ – गत बर्ष एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउदै चितवन प्रथम हुन सफल पोलार स्टार ईंग्लिस स्कुल भरतपुरले यस बर्ष पनि राम्रो नतिजा हासिल गरेको छ ।
यस बर्ष एसईई परिक्षामा पोलार स्टारबाट कुल ६४ जना सहभागी भएकोमा २ जना ३.९५ जिपिए प्राप्त गरेका छन् । अर्जुन सापकोटा र मिल्टन गैरे दुई जनाले ३.९५ जिपिए प्राप्त गरेको बिद्यालयका प्राचार्य दयानिधी अर्यालले ए टु जेड समाचारलाई जानकारी दिए ।
उनका अनुसार १२ जनाले ए प्लस प्राप्त गरेका छन् भने १९ जनाले ए ग्रेड तथा समान १९ जनाले नै बी प्लस ग्रेड प्राप्त गरेका छन् । यस्तै १२ जनाले बी ग्रेड प्राप्त गर्दा २ जनाले सि प्लस प्राप्त गरेको अर्यालले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया