भानु माविमा ‘अमिन’ बिषयको कक्षा संचालनमा आउने

असार १२, चितवन । नारायणगढ स्थित भानु माध्यमिक विद्यालयमा आगामाी शैक्षिक सत्रबाट सर्वे इन्जिनियरिङ्ग (अमिन) बिषयको कक्षा सञ्चालनमा आउने भएको छ । सामुदायिक विद्यालय मध्ये चितवनमा पहिलोपटक उक्त विद्यालयले उक्त बिषयको कक्षा सञ्चालनमा ल्याउन लागेको हो । बिहीबार विद्यालयले पत्रकार सम्मेलन गर्दैै यसबारेमा जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्धेश्यले यस बिषयको अध्यापन गराउन लागिएको बताए । विद्यालयले आउंँदो शैक्षिक सत्र देखि विज्ञान सकायका कक्षाहरु समेत सञ्चालन गर्ने तयारी गरेको छ ।
उनका अनुसार मध्यम तथा निम्नवर्गीय विद्यार्थीलाई पहुंँच पुरयाउन न्यून शुल्कमा यी बिषयहरु अध्यापन गर्न लागिएको हो । गरीब तथा जेहेन्दार विद्यार्थीहरुको आवश्यकता र चाहनालाई पुरा गर्न हामीले यी बिषयहरुलाई प्राथमिकता राखेका हौ अधिकारीले भने ।
सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले पछिल्लो समय अमिन बिषयका जनशत्तिको माग अत्याधिक भएको र सजिलै रोजगार प्राप्त हसने भएकोले यस बिषयलाई प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार विद्यालयले भरतपुर महानगरपालिका शिक्षा प्रशासन महाशाखा संँग स्वीकृत प्राप्त गरी यस बिषयको कक्षा सञ्चालनको अनुमति पाइसकेको छ । विद्यालयले यसअघि सिटीइभिटीबाट सम्बन्धन प्राप्त गरी ३ बर्षे डिप्लोमा सिभिल ओभरसियरका कक्षाहरु सञ्चालन गरिसकेको छ । एसइइमा ए प्लस ल्याउने विद्यार्थीको लागि उक्त विषयहरुमा पूर्ण छात्रवृद्धिको व्यवस्था गरिनुका साथै ए ल्याउने विद्यार्थीको लागि ५० प्रतिशत छात्रवृति प्रदान गर्ने विद्यालयले जनाएको छ । विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म करीब १६ सय विद्यार्थी अध्ययनरत छन ।
तपाइँको प्रतिक्रिया