भरतपुरमा फेरी शुरु भयो मेयर उपमेयरको टकराव , काँग्रेसद्वारा नगरसभा बहिस्कार

चितवन, असार १२ – बिस्तारै साम्य हुँदै गएको भरतपुर महानगरपालिकामा फेरी बिबाद शुरु भएको छ ।बिहीवार काँग्रेसबाट निर्वाचित महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीलगायतका काँग्रेस पक्षका १५ जना जनप्रतिनिधिले नगर सभा नै बहिष्कार गरेपछी फेरी लफडा शुरु भएको हो । बजेट विनियोजन र विभिन्न समिति निर्माणको विषयमा कुरा नमिलेपछि नगर सभा बहिष्कार गरेको उपप्रमुख शाहले बताईन् । आफु सँग छलफल नै नगरी विभिन्न १० वटा समिति बनाएको शाहको आरोप रहेको छ ।
यही असार १० गते नेकपा अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा उद्घाटन भएको नगर सभा समापन अघी नै काँग्रेस पक्षले बहिष्कार गरेको हो । यो घटनाले महानगरमा फेरी अर्को लफडा सृजना भएको छ ।
तपाइँको प्रतिक्रिया