सांसद चौधरी ‘बी’ ग्रेडमा एसईई उत्तीर्ण

काठमाडौं, असार १२ – नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण भएकी छिन् । चौधरी २.६५ जीपीए ल्याउदै ‘बी’ ग्रेडमा उत्तीर्ण भएकी हुन् । उनले दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टर तुलसीपुरबाट परिक्षा दिएकी थिईन् ।
नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययन गरेकी चौधरीकाे (सिम्बोल नम्बर ०५८८४५३ भी हो । उनले सेण्टर मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिएकी हुन् ।२०७३ सालमा मावि डाँडागाउँमा कक्षा आठमा भर्ना भएपछि शान्ताको औपचारिक पढाइ सुरु भएको हो ।
२०६४ सालमा पहिलो संविधानसभामा उनी समानुपातिक सभाषद बनेकी थिईन् ।संसदीय समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि चौधरीले औपचारिक अध्ययनलाई निरन्तरता दिएकी हुन् ।
तपाइँको प्रतिक्रिया