मोटरसाइकल एकआपसमा ठोक्किदा भरतपुरमा दुई जनाको मृत्यु

असार १२, चितवन । हिजो सांँझ दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा चितवनमा दुई जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१८ का १७ वर्षिय राजन भट्ट र सोही ठाउका २८ वर्षिय रामचन्द्र गौडालको उपचारका क्रममा विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १८ भेटघाट चोकबाट बाबुराम चोकतर्फ गइरहेको ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल चालक उनिहरु दुबै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारक्रममा भरतपुर चितवन मेडिकल कलेज अफ साइन्सेसमा मृत्यु भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
बुधबार साँझ साढे ६ बजे भएको सो दुर्घटनामा परि घाइते भट्टको साझ ७ बजे र गौडालको पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया