डिप्रेसनमा ज्योति मगर ..?

चर्चा र विवाद संग मितेरी गासेको नाम हो, ज्योति मगर। लोक गीत संगीतमा उताउलो रुपमा प्रस्तुत भएको आरोप ज्योतीले खेप्दै आएकी छिन्। दोहोरि साँझमा गीत गाउदै आफ्नो करियर सुरु गरेकी ज्योती आफ्नो हट अवतार र स्टेज प्रस्तुतीका कारण सधै चर्चामा हुन्छिन्।
पटक पटक विवादमा तानिने ज्योतिको लाइफस्टाइल र प्रस्तुती हेर्दा लाग्छ उनको भन्दा खुशीको जीवन कसको होला र?
तर तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ तर करियरको उचाइमा पुग्दै गर्दा ज्योति मगर डिप्रेसनको सिकारमा थिइन्। उनि करिव डेढ बर्ष डिप्रेसनको शिकारमा परेकी थिइन्। ज्योति भन्छिन्, ‘करिव डेढ बर्ष म डिप्रेसनमा थिए।
धेरै कारण हुने रहेछन् यसको। मेरो व्यक्तिगत, पारिवारिक र प्रेम सम्बन्ध यसको मुख्य कारण थियो। त्यसमा थपियो मेरो बारेमा विवादास्पद समाचार र म माथि एकोहोरो प्रहार।’ उनि थप्छिन्,’ मलाई डर लाग्ने, सानो कुरामा अत्त्लिने अवस्थामा थिए।’ हरेक राति केहि नराम्रो हुन्छ जस्तो लाग्थ्यो। फोन बज्दा मुटु दुख्थ्यो, फेसबुक खोल्दा हात काप्थ्यो।’
डेढ बर्षको अवधिमा करिव आधा समय उनले हस्पिटलमा बिताईन्। एभरेष्ट, सिभिल र कान्तिपुर अस्पताल उनको जीवनको अर्को हिस्सा बनिसकेको थियो। मनोचिकित्सक देखि माताको भेटघाट सम्म उनको दैनिकी जस्तै बनिसकेको थियो।
कसरी आईन् डिप्रेसनबाट बाहिर?
डेढ बर्षको अवधि ज्योतिका लागी निकै कष्टकर थियो। अनेकन उपाय गरेकी ज्योतिले अन्तंत: यो रोगको उपचार आफै भएको बुझिन्। जब मान्छे आफै दह्रो बन्छ र इच्छाशक्ति दरिलो बनाउन तव असम्भब केहि छैन। उनि भन्छिन्, ‘आफैलाई चिन्न जरुरि छ। आफु के गर्दैछु त्यो बुझ्न जरुरी छ। हरेक समस्याको समाधान भेटिन्छ।’ चौतारी मिडीयाबाट
तपाइँको प्रतिक्रिया