एएफसी कपमा मनाङको जित बिहीन यात्रा

काठमाडौं, असार ११ – एएफसी कपमा नेपालको मनाङ मर्स्याङ्दी क्लब भारतको चेन्नइयिन एफसी सँग पराजित भएको छ । बुधवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ए डिभिजन बिजेता टोली मनाङ चेन्नइयिनसँग ३–२ गोलअन्तरले पराजित भएको हो । यो सँगै मनाङले जित बिहीन हुँदै एएफसी कपको यात्रा टुङ्गाएको छ ।
मनाङ घरेलु मैदानमा जित हात पार्ने राम्रो अवसर सदुपयोग गर्न असफल भयो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा चेन्नइयिनले ३ गोल गर्दा मनाङ दुई गोल मात्र गर्यो ।
खेलको ५३ मिनेटमा मोहम्मद रफीले गोल गर्दै चेन्नइयिनलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा इली सबियाले गोल गर्दै चेन्नाईयिनको अग्रता दोब्बर बनाए । २-० ले पछे परेको अवस्थामा मनाङले पुनरागमनको संकेत गरेको थियो ।
खेलको ७१ औं मिनेटमा मनाङका अफिज ओलावालेले गोल गर्दै अग्रता छोट्याएका थिए । लगत्तै ७९ औं मिनेटमा उनले नै गोल गर्दै खेल २-२ को बराबरीमा पुराए । तर खेल सकिन निर्धारित समयको २ मिनेट बाँकी रहदा मिनेटमा मोहम्मद रफीले व्यक्तिगत दोस्रो गोल गरे पछी मनाङ ३-२ ले पराजित भयो । समूह ‘ई’ मा रहेको मनाङले ६ खेल खेल्दा ४ मा हार र २ मा बराबरी गरेको हो ।
तपाइँको प्रतिक्रिया